सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
कविता

हो म तिमीले सोचेजस्तै छु

आइतबार, २८ जेठ २०८०, २० : २२
आइतबार, २८ जेठ २०८०

तिमीले सोचेको भन्दा
म एक इन्च पनि तल–माथि छैन
एक कदम पनि दायाँ–बायाँ छैन
तिमीले जस्तो सोचेका छौ म त्यस्तै हो
गलत सोचे कि भनेर तिमी भ्रमित नहुनु
दिमाग नतताउनु, मन नडुलाउनु
अरुसँग मेरो बारेमा कुरा हुँदा
कति पनि विचलित नहुनू
अरुको कुरामा प्रभावित नहुनू
मप्रतिको सोच नबदल्नू
आफ्नो सोचाइमा अडिक रहनू
तर तिमी जहिल्यै सत्य बोल्नू
मनमा लागेको बोल्नू
अरुको कुरामा हो मा हो नथप्नू
स्वरमा स्वर नमिलाउनू
त्यसो ग¥यौ भने
उनीहरुले नै तिम्रा कुरा काट्छन् ।

तिमीलाई बेसारे भन्छन्
कस्तो दहीचिउरे भन्छन्
आफ्नो प्रतिष्ठाका लागि
तिमी आफ्नो इज्जतका लागि
मप्रतिको सोचाइ नफेर्नु ।

तिमीले मलाई बतास सम्झ या हुरी
म सास बनेर बहनेछु
छाल सम्झ या बाढी
म पानी बनेर बग्नेछु
घाम सम्झ या धुप
म ज्योति बनेर चम्कनेछु
तिमी मलाई
फूल सम्झ या काँडा
म सुवास लिएर आउनेछु
सडक सम्झ या गल्ली
म गन्तव्य बनेर पुग्नेछु ।

तिमी मलाई जेसुकै सम्झ
तिमीप्रति मेरो कुनै गुनासो छैन
तिमीले जति सक्यौ
तिम्रो क्षमताले जति देख्यौ त्यति सम्झ्यौ
म त्यसैमा खुसी छु
धन्न तिमीले त्यति त सोच्यौ मेरो बारेमा
यहाँ मलाई सम्झनेको खडेरी छ ।

धन्न तिमीले त्यति त सोच्यौ मेरो बारेमा
यहाँ मलाई सम्झनेको खडेरी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश पोखरेल
सुरेश पोखरेल
लेखकबाट थप