सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गोली प्रहार गरी लागूऔषध ओसारपसारमा संलग्नलाई प्रहरीले लियो नियन्त्रणमा

आइतबार, २८ जेठ २०८०, २० : ५९
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । लागूऔषध ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका–९  बाट हेमन्तकुमार भगतलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीले लागूऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा भगतलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । 

प्रहरीले हानेको गोली लागेर घाइते भएका भगतलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको छ । प्रहरीले भगतसँग एक सय ग्राम खैरो हिरोइनसमेत बरामद गरेको प्रवक्ता जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप