सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् जयबागेश्वरीको त्रिशूल जात्रा

तस्बिरमा हेर्नुहोस् जयबागेश्वरीको त्रिशूल जात्रा

आइतबार, २८ जेठ २०८०

काठमाडौँ । काठमाडौंको जयबागेश्वरीमा त्रिशूल जात्रा मनाइएको छ । राक्षसहरुको कुकर्म अन्त्य गरिएको सम्झनामा यो जात्रा मनाउन सुरु गरिएको हो।

त्रिशूल जात्रा धेरै वर्ष अघिदेखि चलिआएको चलन हो । धार्मिक मान्यताअनुसार धेरै समय पहिले तान्त्रिक विद्यामा निपुण रहेका बन्धुदत्त आचाजु नाम गरेका एक गुरु थिए। देवीदवतालाई समेत वशमा राख्न सक्ने आचाजुको पालामा नागर्जुन जंगल (जामाचो) मा रहेको एक राक्षसले  ग्वल: देशमा रहेका बालबालिकाहरुलाई चोरेर त्रासपूर्ण वातावरण सिर्जना गरेको थियो। 

यो कुरा राजा कहाँ सम्म पुग्यो र राजाले आचाजुलाई बोलाएर राक्षसलाई वशमा लिने योजना बनाउन भने। आचाजुको निर्देशन अनुसार ग्वल: देशमा लक्ष्मण रेखा बनाइयो र राक्षस बस्ने जामाचोबाट उनीहरुकै बच्चाहरु अपहरण गरेर त्यहाँ ल्याइयो। 

त्यसपछि जामाचोबाट सिधै देखिने सिफल डाँडामा लगेर उनीहरुको बच्चालाई त्रिशुलले घोचेको जस्तै गरेर राक्षसलाई तर्साइयो। आफ्नै बच्चाहरुलाई त्रिशुलले घोचेको देखेपछि राक्षसले त्यसपछि ग्वल: देशको बच्चाहरुलाई अपहरण गर्न छोडेको मान्यता रहेको छ।

अहिले जयबागेश्वरीबाट सुरु हुने खट जात्रामा दायाँ बायाँ दुई कन्या केटीहरु राखिन्छ भने बीचमा कन्या केटा राख्ने गरिन्छ ।  यो जात्रामा खसी, भेडा आदिका बली पनि चढाउने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया