आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

८० प्रतिशत मानिसले महसुस गर्छन् ‘देजा भू’ : कुनै घटना पहिल्यै भइसकेको छ जस्तो किन लाग्छ, के भन्छ विज्ञान ?

सोमबार, २९ जेठ २०८०, १७ : ०८
सोमबार, २९ जेठ २०८०

तपाईं कतै पहिलो पटक जानुभएको छ, तर तपाईंलाई यहाँ त पहिले नै आइसकेको छु वा यो घटना त पहिले नै भइसकेको छ जस्तो महसुस हुन्छ ? यदि त्यस्तो हुन्छ भने, यसलाई देजा भू भनिन्छ । तर तपाईंले कहिल्यै सोच्नुभएको छ कि देजा भू के हो र यस्तो किन हुन्छ ? आउनुहोस् यसबारे जानकारी लिऔँ ।

देजा भू फ्रान्सेली शब्द हो । यसको अर्थ ‘पहिले नै देखेको’ हो । यो यस्तो अवस्था हो जब हामीलाई लाग्छ कि कुनै अनुभव वा घटना हामीले पहिले नै अनुभव गरिसकेका छौँ । यो शब्दको प्रयोग पहिलो पटक सन् १८७६ मा फ्रान्सेली दार्शनिक एमिल बोइराकले एक पत्रमा गरेका थिए । ‘लाइभ साइन्स’ को रिपोर्ट अनुसार ८० प्रतिशत मानिसलाई देजा भू महसुस हुन्छ ।

यो पछाडिको विज्ञान के हो ?

देजा भू किन महसुस हुन्छ, यस पछाडिको विज्ञान के हो ? न्युरोसाइकाइट्रस्ट डा. ओहा सुस्मिताका अनुसार यसको पछाडि मेमोरी थ्योरी हुनसक्छ । यस अनुसार जुन घटना अहिले भइरहेको छ, त्यो पहिलो नै भइसकेको  तर बिर्सिसकेको अनुभव सरह हुन्छ । यसलाई नै देजा भू भनिन्छ ।

सहज शब्दमा भन्ने हो भने हालको स्थिति र पहिला नै भइसकेको अनुभवमा केही समानता हुन्छ । त्यसैले पनि अहिलेको घटना पहिले नै भइसकेको जस्तो लाग्छ । यी समानतालाई बुझ्न र मान्नका लागि हाम्रो दिमागले कोसिस गर्छ र त्यही कोसिसलाई देजा भू भनिन्छ ।

वैज्ञानिकले प्रयोगशालामा अनुभव गरे देजा भू

देजा भू असाध्यै बलियो भावना हो । यो भावना कसरी विकसित हुन्छ भनेर पत्ता लगाउन मुस्किल छ । यसका लागि वैज्ञानिकले प्रयोगशालामा डेजा भूलाई रिक्रियट गर्न एउटा प्रयोग गरे । यसका लागि केही सहभागीलाई बोलाइयो । वैज्ञानिक एनी क्लिरी र उनको समूहले यसमा भर्चुअल रियालिटी (भीआर) को मद्दत लिए । यसमा सहभागीलाई देजा भू महसुस गराउनका लागि यस्तो माहौल तयार पारियो जुन उनीहरूको अनुभवसँग सम्बन्धित थियो तर स्पष्टसँग याद थिएन । यो परीक्षणलाई गेस्टाल्ट परिचित परिकल्पना (गेस्टाल्ट फेमिलियारिटी हाइपोथेसिस) नाम दिइयो ।

प्रयोगमा के गरियो ? 

प्रयोगमा क्लिरी र उनको समूहले देजा भूलाई ट्रिगर गर्नका लागि सहभागीको अनुभव अनुसार बताइएको एक स्थानमा फर्निचर र अन्य सामानलाई जस्ताको तस्तै राखियो जुन उनीहरुले बताएका थिए । त्यसपछि सहभागीहरूलाई पुनः निर्माण गरिएको दृश्य नेभिगेट गर्न भनियो ।  यो देखेपछि, सहभागीहरूले देजा भुको अनुभूति गरेको टोलीले पाएका थिए । अर्थात्, जब कोही व्यक्तिले विगतसँग सम्बन्धित चीजहरू देख्छ तर सम्झन सक्दैन, तब उसले देजा भूको अनुभव गर्छ ।

विभाजित धारणा : देजा भूसँग सम्बन्धित अर्को एउटा थ्योरी

देजा भूको अनुभव परसेप्चुअल ग्याप (अवधारणात्मक अन्तर) वा स्प्लिट परसेप्सन (विभाजित धारणा) को कारण पनि हुनसक्छ । यो तब हुन्छ जब हाम्रो मस्तिष्कले एउटै सङ्केतलाई एकै समयमा दुई पटक प्रोसेस गर्दछ । सुरुमा हाम्रो कन्सियस माइन्डले यो सङ्केतलाई ध्यान दिन सक्दैन । त्यस पछि तुरुन्तै, जब सङ्केत फेरि प्राप्त हुन्छ, त्यसपछि देजा भू महसुस हुन्छ किनभने हामीलाई पहिलो सिग्नल याद नै हुँदैन ।

सबैभन्दा लोकप्रिय र रोचक –  म्याट्रिक्स सिद्धान्त

देजा भू भावनाका धेरै सिद्धान्तहरू मध्ये, सबैभन्दा लोकप्रिय र चाखलाग्दो एउटा म्याट्रिक्स सिद्धान्त हो । मानिसहरू कति पटक यसलाई ‘ग्लिच इन द म्याट्रिक्स थ्योरी’ भनिन्छ । यसलाई तपाईं सिम्युलेसन भन्न सकिन्छ । केही विशेषज्ञले भनेका छन्, ‘हामी वास्तविक ब्रह्माण्डमा बाँचिरहेका छैनौँ । हामी कम्प्युटरसँग जोडिएको एक ब्रह्माण्डमा बस्छौँ र यो दुनियाँ, पानी, रुख, समुद्र, जीव सबै कुरा एक कम्प्युटर प्रोग्राम हो । जब यो प्रोग्राममा ग्लिच हुन्छ अर्थात् कुनै खराबी आउँछ तब हामी देजा भूजस्तो महसुस हुन्छ ।

देजा भू रोगको सङ्केत होइन

न्युरोसाइकाइट्रस्ट डा. ओहा सुस्मिताले भनिन्, ‘देजा भूको अनुभव साधारण हो । यो कुनै मनोवैज्ञानिक रोगको सङ्केत होइन । यद्यपि, केही मानिसलाई स्ट्रेसका कारण यो छिटो–छिटो महसुस हुन्छ जसका कारण माइग्रेन वा एङ्जाइटी हुन्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप