मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा निजी क्षेत्रको लगानीमा बन्ने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको शिलान्यास

सोमबार, २९ जेठ २०८०, २२ : ०३
सोमबार, २९ जेठ २०८०

रुपन्देही  । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको स्थित पूर्व दरखसवामा निजी क्षेत्रको लगानीमा पहिलोपटक बन्न लागेको अन्तर्राष्ट्रिय रङ्गशालाको शिलान्यास भएको छ । 

अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले  बनाउन लागेको रङ्गशालालाई तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाण, एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवर र चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतम लगायतले शिलान्यास गरेका हुन् ।

करिब २५ हजार दर्शक क्षमताको बन्न रङ्गशालाको २ वर्षअघि जग्गा खरिद प्रक्रिया गरिएको थियो । पहिलो वर्षमा ५ हजार दर्शक क्षमता बराबरको रङ्गशाला बनाउने योजना रहेको निर्देशक कुँवरले बताए ।  ‘क्रिकेट रङ्गशाला बन्छ या बन्दैन भन्ने कुरामा कसैले दुई मत नराख्नु । हामीले केही गर्न नसके पनि रोलर हालेर क्रिकेट खेल्न मिल्ने अवस्था छ । विदेशमा मैले जे समयको महत्त्व बुझेको छु त्यो गरेर देखाउनेछु । हामीले सोचेको समयमा नै हुनेछ,’  कुँवरले भने । 
निर्देशक कुँवरले शक्ति गौचनलाई मैदान बनाउने जिम्मा दिएका कारण पनि आफूहरू समयमै रङ्गशाला बन्नेमा विश्वस्त रहेको बताए । 

 प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्ष भित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाइने छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रङ्गशालाको स्वरूपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

क्रिकेट रंगशला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर राखेर  गौचनलाई जिम्मेवारी दिइने एक्स्ट्राटेकले जनाएको छ । यसका साथै रङ्गशाला कम्पाउन्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने कुवरले भने । रङ्गशालामा क्युरेटरको जिम्मेवारी यूएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अनुभव लिएका माधव पाठकले पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप