मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानसँग नेपाल ९ रनले पराजित

मङ्गलबार, ३० जेठ २०८०, १० : ३८
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान एले नेपाललाई ९ रनले पराजित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७८ रन मात्र बनाउन सकेको हो ।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २० तथा कविता जोशीले १५ रनको योगदान दिइन् । ज्योति पाण्डे ९ रन बनाएर नटआउट रहिन् ।

नेपालले टस जितेर पहिला बलिङ गर्दै पाकिस्तानलाई १९.२ ओभरमा ८७ रनमा समेट्न सफल भएको थियो । हङकङको मङकक क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानकी सवाल जुल्फिकरले सर्वाधिक २८ रन बताइन् भने कप्तान फातिमा सानाले १६ रन बताइन् । नेपालका लागि इन्दु वर्माले ३ तथा कविता कुँवर, कविता जोशी र सीता रानामगरले २–२ विकेट लिइन् ।

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप