आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मधेस सरकार

मधेस प्रदेशसभाको आकस्मिक बैठक आह्वान : विश्वासको मत लिँदै मुख्यमन्त्री

मङ्गलबार, ३० जेठ २०८०, १२ : ०९
मङ्गलबार, ३० जेठ २०८०

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्री यादवले आकस्मिक रूपमा आजै विश्वासको मत लिन लागेका हुन् । 

 मधेस प्रदेशको प्रदेशसभा बैठक अगामी जेठ ३२ गते बस्ने भनिएकोमा आज आकस्मिक रूपमा बैठक डाकेर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाको आकस्मिक बैठक मङ्गलवार साँझ ५ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । एमालेसहितका दलको समर्थनमा गत पुस २७ गते यादव मुख्यमन्त्रीमा  नियुक्त भएका थिए । तर, एमाले गत चैत २१ गते मधेस सरकारबाट बाहिरिएको थियो भने जेठ १ गते समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि आज तीस औँ दिनको दिन आकस्मिक बैठक बोलाएर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । 

त्यसका लागि मङ्गलवार बिहान मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकले ३२ गते विश्वासको मत लिइए दिनको हिसाबले कानुनी अड्चन आउन सक्ने भएकाले आजै विश्वासको मत लिने निर्णय गरेको थियो । सोही अनुसार हतारमा बैठक आह्वान गरिएको हो । 

प्रदेशसभा सचिवालयले सांसदहरूलाई मोबाइलमा एसएमएस पठाएर आज साँझ ५ बजे बैठकमा सहभागी हुन सूचित गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप