काबुलमा अब शव गाड्ने ठाउँ छैन, तर किन ?
मङ्गलबार, ३० जेठ २०८०, १४ : ४४
काबुल नगरपालिकाले सहरमा रहेका चिहानमा मृतकलाई गाड्ने ठाउँ नरहेको बताएको छ । नगरपालिकाले अब काबुलका जनताले आफ्ना मृतकलाई सहरबाहिर अर्को चिहानमा गाड्नु पर्ने बताएको छ ।
काबुल सहरमा ३०० भन्दा बढी चिहानहरू छन् । धेरै दशकको निरन्तर युद्धका कारण, काबुलमा चिहानहरू द्रुत रूपमा बनाइयो ।
यसैबीच सहरमा बढ्दो जनसङ्ख्या र अवैध बस्तीका कारण सहरमा खाली ठाउँको अभाव भएकाले नयाँ चिहान निर्माण हुन सकेको छैन ।
काबुल नगरपालिकाले मानिसहरूलाई प्रयोग गर्न भनेको नयाँ चिहान सहरबाट धेरै टाढा छ ।