सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अश्लील तस्बिरमा युवतीको तस्बिर जोड्ने पक्राउ

मङ्गलबार, ३० जेठ २०८०, १५ : ३२
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । सामाजिक सञ्जालका विभिन्न प्ल्याटफर्महरूमा युवतीको तस्बिर र नाम राखी नक्कली प्रोफाइल खोल्नुका साथै अश्लील तस्बिर तथा भिडियोहरूमा अनुहार जोडेर चरित्रहत्या गरेको अभियोगमा एकजना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–१४ घर भएका ४२ वर्षीय रामकुमार सुनार रहेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले सुनारलाई विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरेको हो । उनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार छ दिन म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप