सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दोहोरीगीत प्रतिष्ठानले ९ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ दिने

मङ्गलबार, ३० जेठ २०८०, १६ : ००
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ९ जना लोकस्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय गरेको छ । कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले अग्रज लोकस्रष्टा बमबहादुर कार्की, नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई प्रतिष्ठानको ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय गरेको  अध्यक्ष रीता थापा मगरले बताइन् ।

अग्रज संगीतकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ समेत आयोजना गर्ने प्रतिष्ठानको घुम्ती बैठकले निर्णय गरेको छ । प्रतिष्ठानका सल्लाहकार रहेका रायमाझीको सांगीतिक साँझ आगामी भदौ महिनामा हुनेछ । हरेक वर्ष एक जना लोक स्रष्टाको सांगीतिक साँझ आयोजना गर्ने प्रतिष्ठानको निर्णय अनुसार पहिले रायमाझीको ‘सांगीतिक साँझ’ हुन लागेको हो ।

प्रतिष्ठान केन्द्रीय कार्यसमितिका पदाधिकारी, संस्थागत एवं पूर्व अध्यक्ष तथा सल्लाहकार गरी १ सय हाराहारी कलाकार ताङतिङ पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप