सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक व्यक्ति पक्राउ

मङ्गलबार, ३० जेठ २०८०, २१ : २८
मङ्गलबार, ३० जेठ २०८०

बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट श्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतस्थित पूर्वी चम्पारणका  राम निवास प्रसाद यादवलाई  विओपी बरैनिया बाराले  नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका यादवलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप