आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा एघार जना मारिए

मङ्गलबार, ३० जेठ २०८०, २२ : ११
मङ्गलबार, ३० जेठ २०८०

किएभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा रुसी क्षेप्यास्त्र आक्रमणमा मङ्गलबार बिहान ११ जनाको मृत्यु भएको छ । साथै मस्कोले किभको सेनाबाट पश्चिमा जगत्ले प्रदान गरेका सशस्त्र गाडी पनि कब्जामा लिएको दाबी गरेको छ ।

सोमबार रातभर धेरै स्थानमा रुसी आक्रमण भएको थियो ।  क्रिभि रिगको मध्य भागमा रहेको पाँचतले आवासीय भवन ध्वस्त भएको छ । “यो भयानक रातमा शत्रुले ११ जना नागरिकको हत्या गरेको छ,” निप्रोपेट्रोव्स्क क्षेत्रीय गभर्नर सर्गी लिसाकले भनेका छन् । 

राष्ट्रपति जेलेन्स्कीले आतङ्कवादीहरूलाई कहिल्यै माफ नगरिने र लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

राजधानी किएभ र उत्तरपूर्वी सहर खार्किभ पनि मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेपछि युक्रेनभर हवाई आक्रमणलाई विफल तुल्याउन युक्रेनको वायुसेनाले प्रतिरक्षात्मक कारबाही गरेको थियो । त्यसक्रममा रुसले प्रहार गरेका केही मिसाइल र ड्रोनलाई आकाशमा नै निष्क्रिय पारेको बताइएको छ ।- (रासस एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप