सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेललाई डिस्चार्ज गर्ने तयारी

बुधबार, ३१ जेठ २०८०, ०६ : २५
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन् । मुटुमा समस्या देखा परेपछि  मंगलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । 

अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म निगरानीमा राखिएको थियो । 

स्वास्थ्य सामान्य भएकोले आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप