सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इस्कोनको ४३ औँ जगन्नाथ रथयात्रा काठमाडौँमा

बुधबार, ३१ जेठ २०८०, ११ : २३
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । आगामी असार ५ गते काठमाडौँमा इस्कोनको ४३औँ जगन्नाथ रथयात्रा हुने भएको छ । कमलादी, जमल, भद्रकाली, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर टुङ्गिने कार्यक्रममा देशभरका विभिन्न स्थानका हजारौँ व्यक्तिहरूको सहभागिता हुने अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) नेपालले जनाएको छ ।

उक्त कार्यक्रममा भजन कीर्तन र निःशुक्ल प्रसाद वितरण हुने जानकारी गराउँदै इस्कोन नेपालले उपस्थितिको निम्ति अपील समेत गरेको छ।

वैदिक सनातन धर्ममा चारधामको विशेष महत्व रहने गर्छ। जसमध्ये भारतको ओडिसामा अवस्थित जगन्नाथपुरी धाम एक रहेको छ, जहाँ जगन्नाथ रथयात्रालाई विशेष महत्वकासाथ हजारौँ भक्तजनले मनाउने गर्छन् । भगवान् जगन्नाथको रथको डोरी  जसले एकपटक मात्रै स्पर्श गर्छ, उसले हजारौँ अश्वमेध यज्ञ गरे बराबरको फल मिल्ने कुराको व्याख्या मण्डल पञ्जीकामा गरिएको इस्कोन नेपालले जनाएको छ ।

पहिले जगन्नाथ पुरीमा मात्रै हुने जगन्नाथ रथयात्रा करिब ५० वर्ष पहिलेदेखि इस्कोनका संस्थापक आचार्य अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपदले अमेरिकाको सन् फ्रान्स्किोबाट सुरुवात गरेका थिए । नेपालमा पनि विगत ४२ वर्ष देखि जगन्नाथ रथयात्रा आयोजना गरिँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप