आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब विदेशमै बसेर आफन्तका लागि फास्ट फुडहरू अर्डर गर्न पाइने

बुधबार, ३१ जेठ २०८०, १२ : ३१
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । हाम्रो गिफ्ट्सले देवयानी इन्टरनेशनल नेपालसँग विश्वभर छरिएर बसेका नेपालीले नेपालमा रहेका आफ्ना प्रियजनहरूलाई उपहार पठाउनको लागि सहकार्य गरेको छ । देवयानी इन्टरनेशनल नेपालले नेपालमा भएका के.एफ.सी. र पिज्जा हटका फास्ट फुडहरू सञ्चालन गर्दै आएको छ। 

सम्झौतापछि विदेशमा रहेका नेपालीहरूले आफ्ना प्रियजनहरूलाई के।एफ।सी। र पिज्जा हटका परिकारहरू हाम्रो गिफ्टको नेटवर्कमार्फत पठाउन सक्नेछन् । 

यो सम्झौताले नेपालबाहिर बसोबास गर्ने नेपालीहरूले आफ्ना आफन्तसँगको भौतिक दूरीलाई कम गरी सहयोग पुग्ने देवयानी इन्टरनेशनल नेपालका प्रमुख वित्तीय अधिकृत रितुराज शाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप