सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लमजुङबाट ७ जना जुवाडे पक्राउ, १ लाख बरामद

बुधबार, ३१ जेठ २०८०, १९ : ३८
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिका–४ स्थित शेरामा सञ्चालित जुवा खालमा प्रहरीले छापा मारेको छ । ए–वान रेष्टुरेण्टमा सञ्चालित जुवा खालबाट ७ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर बुद्धि सुवेदीले रातोपाटीलाई बताए ।

जुवा खालबाट प्रहरीले १ लाख १ हजार नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले जुवा खालबाट लिल बहादुर गुरुङ, राम अधिकारी, निल बहादुर गुरुङ प्रेम कुमार रान र केश राना सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनी पर्शुराम गुरुङ पनि छन् । जुवा खालबाट १५२ पत्ति तास बरामद गरिएको छ ।

आरोपीहरुले मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्ने गरेको भेटिएको हुनाले प्रहरीले त्यसतर्फ अनुसन्धान सुरु गरेको छ । उनीहरू विरुद्ध जुवा मुद्दामा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर सुवेदीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप