२५ लाखभन्दा बढीको अवैध सामान बरामद
बुधबार, ३१ जेठ २०८०, २० : ०२
काठमाडौँ । २५ लाखभन्दा बढीको अवैध सामान बरामद गरिएको छ ।
बुधबार पर्साको वीरगन्ज महानगरपालिका १० आदर्शनगरबाट २५ लाख २५ हजार ६ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।
भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको उक्त सामान आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।