सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल र फिलिपिन्सबीच मैत्रीपूर्ण फुटबल आज

बिहीबार, ३२ जेठ २०८०, ०७ : ४२
बिहीबार, ३२ जेठ २०८०

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार फिलिपिन्ससँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

भारतमा आयोजना हुने १४औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप आगामी असारको पहिलो साता भारतको बेंगलुरुमा सुरु हुनेछ ।

साफ च्याम्पियनसिपमा यसपटक नेपालसँगै आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाउँदै छन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ च्याम्पियनसिप खेल्न लागेका हुन् ।

नेपाल प्रतियोगिताको समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप