सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अपडेट : ग्रिसमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ८३ पुग्यो

बिहीबार, ३२ जेठ २०८०, ०७ : ५६
बिहीबार, ३२ जेठ २०८०

रोम । ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या ८३ पुगेको छ । दुर्घटना पछि ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ । 

मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए । डुङ्गामा महिला र बालबालिका पनि सवार रहेको उनले बताए ।

राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तटरक्षकले जनाएको छ । डुबेकाहरुको खोजी कार्य बिहीबारबाट पुनः सुरु गरिने छ । सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन । बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्ने बताएका छन् ।  ग्रिसका अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप