सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वका यस्ता पाँच घटना, जुन चमत्कार भन्दा कम छैनन्

बिहीबार, ३२ जेठ २०८०, १२ : २४
बिहीबार, ३२ जेठ २०८०

योभन्दा खराब त के होला र ? एउटा दुःखद घटनापछि मानिसको दिमागमा आउने पहिलो कुरा यही हो । 

कोलम्बियाको जङ्गलमा एउटा विमान दुर्घटनापछि हराइरहेका चार बालबालिका ४० दिनपछि सुरक्षित भेटिए । यो घटनाले विश्वलाई नै चकित पार्‍यो । यसै दुर्घटनामा उनीहरूका आमाको मृत्यु भयो ।

९, ४, १३ र एक वर्षका यी बालबालिका अघिल्लो हप्ता शुक्रवार सेनाको एक खोज अभियानमा भेटिएका थिए । उनीहरूमा पानीको कमी र किराले टोकेका दाग थिए । यद्यपि, उनीहरूको अवस्था ठिक थियो ।

इतिहासमा यस्ता थुप्रै दुर्घटना भएका छन् जसमा मानिस बाँच्न मुस्किल थियो तर उनीहरूको सकुशल उद्धार हुन सक्यो । 

यस्ता चार वटा घटनालाई हेरौँ:

miracle1१. एन्डिजको त्रासदी

१३ अक्टोबर १९७२ मा उरुग्वेको मोन्टेभिडियोको ओल्ड क्रिस्चियन क्लबका खेलाडीहरू आफ्नो परिवारसँग चिलीको सान्टियागो जाँदै थिए । त्यहाँ उनीहरूले अन्य देशहरूसँग खेल खेल्नुपर्ने थियो ।

तर उनीहरूको विमान एन्डिज पहाडमा दुर्घटनाग्रस्त भयो ।

उद्धार टोलीले राहत कार्य सुरु गर्दा विमान कहाँ खसेको थियो भन्ने पनि थाहा थिएन । हिउँले ढाकिएको पहाडमा धेरै दिन खोज्दा पनि केही नभेटिएपछि उनीहरुले यात्रा रोकेका थिए ।

दुर्घटना हुँदा विमानमा सवार ४५ जनामध्ये १२ जनाको मृत्यु भएको थियो ।

miracle2त्यसपछिका केही दिनमा अरू केहीले ज्यान गुमाए । केही दिनपछि हिमपातमा परी आठ जनाको मृत्यु भयो ।

विमानमा खाना सकिएपछि मानिसहरूले मरेका मानिसको मासु खान थाले ।

त्यही वर्षको डिसेम्बरमा, दुई रग्बी खेलाडीहरू, रोबर्ट क्यानेसा र फर्नान्डो पाराडो, मद्दतका लागि पैदल हिँड्न सुरु गरे । दश दिनपछि उनीहरूको मिहिनेत सार्थक भयो । त्यहाँबाट थप १४ जनालाई उद्धार गर्न सकियो ।

miracle3२. मेक्सिकोका ‘मिरेकल बेबी’

१९ सेप्टेम्बर, १९८५ मा, ८.१ म्याग्निच्युडको भूकम्पले मेक्सिको सिटीमा सयौँ भवनहरू ध्वस्त पार्‍यो । यो प्रकोपले हजारौँ मानिसको ज्यान लियो ।

कति जनाको ज्यान गयो यकिन विवरण उपलब्ध छैन । 

सरकारी तथ्यांकअनुसार यो सङ्ख्या ३६९२ हो तर मृत्यु हुनेको सङ्ख्या १० हजारसम्म हुन सक्ने अनुमान गरिएको छ ।

धेरै दिनको खोजीपछि उद्धार टोलीले थुप्रै नवजातलाई सुरक्षित निकाले जसलाई ‘मिरेकल बेबी’ भनियो । 

यी मध्ये एक थिए जिसस फ्रान्सिस्को जसलाई ‘लिटिल अर्थक्वेक’ वा ‘लिटिल मिरेकल’ भनियो ।

भूकम्पको बेला उनी आमाको गर्भमै थिए । उनकी हजुरआमाले एक भूकम्पका बेला उनकी आमाको पेटलाई ब्लेडले चिरेर उनलाई बाहिर निकालिन् । उक्त घटनामा उनकी आमाको मृत्यु भयो ।

miracle4३. ‘हामी ३३ जना सुरक्षित छौँ’

पाँच अगस्ट २००५ मा चिलीको एटाकामा मरुभूमिमा एक तामा खानी भास्सिएपछि ३३ जना ७०० मिटर मुनी पुगे ।

उद्धारको सुरुवातमा कोही पनि बाँच्ने आशा गरिएको थिएन तर उनीहरू यस्तो ठाउँमा फसेका थिए जहाँ उनीहरू बाँच्ने आशा कायम थियो । 

२२ अगस्टमा सुरक्षाकर्मीले उनीहरू कहाँ छन् भन्ने थाहा पाए । उनीहरुले मुनीबाट एउटा मेसेज पठाए – हामी ३३ जना सेल्टरमा सुरक्षित छौँ ।

त्यसपछि उद्धारकर्मीले ड्रिलिङ मेसिन प्रयोग गरेर त्यहाँ एउटा क्याप्सुल पठाए र एक एक गरी सबैलाई बाहिर निकाले ।

अन्ततः ६९ दिनपछि उनीहरू सबैलाई सुरक्षित बाहिर निकाल्न सकियो ।

miracle5४. थाइल्यान्डको गुफामा फसे बालबालिका

२३ जून २०१८ मा थाइल्यान्डको उत्तरी प्रान्त चेङ्ग राईमा १२ बालबालिका आफ्नो फुटबल कोचसँग यात्रामा निस्किए ।

प्रशिक्षण सकिएपछि उनीहरू वर्षाका कारण पानी भरिएको धानको खेत हुँदै पहाड नजिकै पुगे । उनीहरूलाई थ्याम लुगाङ गुफा भित्र जानु थियो जुन एक चर्चित पर्यटकीय स्थल हो । 

उनीहरुले फ्ल्यास लाइट मात्र लिएर भित्र गए । उनीहरूलाई अन्य कुनै कुराको आवश्यकता पनि थिएन किनभने उनीहरूको योजना त्यहाँ एक घण्टा मात्रै बस्नु थियो ।

तर अचानक गुफामा पानी भरियो र उनीहरू बाहिर निस्कन सकेनन् । आफूलाई पानीबाट जोगाउनका लागि उनीहरू गुफा भित्र जानुपर्‍यो । उनीहरुले ढुङ्गा फुटाएर आफ्ना लागि एउटा ठाउँ बनाए जुन मुख्य द्वारभन्दा चार किलोमिटर भित्र थियो । 

विश्वभरिका केभ डाइभर्स उनीहरूलाई बचाउन त्यहाँ पुगे । ९ दिनको अन्धकारपछि अन्ततः उनीहरुले बाहिरको प्रकाश देखे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप