सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अनलाइन बेटिङ प्रकरण

५ जना कलाकार र ३ जना युट्यबर पक्राउ

बिहीबार, ३२ जेठ २०८०, १४ : ४७
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । प्रहरीले पाँच जना कलाकार र ३ जना युट्युबरलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ गरेको हो । 

यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी डा मनोज केसीले जानकारी दिए । 

उनीहरुले बेटिङलाई प्रमोशन गरेको आरोप प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको छ । 

हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुवे’को भूमिका निर्वाह गरेपछि चर्चित बनेका मरिचमान पछिल्लो समय ‘हल्ल्का रमाइलो’ र ‘जुठे’ टेलिश्रृंखलामा देखिँदै आएका छन् । पक्राउ पर्ने कलाकारहरु एकै टिममा आबद्ध भएको बताइएको छ । 

प्रहरीले वानएक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको अनुसन्धानबाट खुल्न आएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप