आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभ्यास खेलमा फिलिपिन्ससँग हार्‍यो नेपाल

बिहीबार, ३२ जेठ २०८०, २० : १७
बिहीबार, ३२ जेठ २०८०

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली टोली बिहीबार फिलिपिन्ससँग १—० गोलले पराजित भएको छ । उक्त खेल फिलिपिन्सको घरेलु मैदानमा खेलिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा नेपालले गोल खाएको थियो ।

फिलिपिन्सको जितमा जार्भे गायोसोले निर्णायक गोल गरेका हुन् । भारतमा आयोजना हुने १४औं साफ च्याम्पियनसिपको तयारीका लागि उक्त मैत्रीपूर्ण खेल खेलिएको हो । भारतको बेंगलुरुमा आयोजना हुने साफ च्याम्पियनसिप आगामी असार ६ देखि १८ गतेसम्म हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप