आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समाजवादी मोर्चाबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक जारी

शुक्रबार, ०१ असार २०८०, ०९ : २३
शुक्रबार, ०१ असार २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा विहान ८ बजेबाट जारी बैठकमा समाजवादी मोर्चाबारे छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

आज-भोलि नै  माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत समेटेर समाजवादी मोर्चा घोषणाको तयारी गर्ने छ ।

उक्त मोर्चामा आबद्ध दलको संख्या ५४ रहेको छ । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ । उनीहरुका अनुसार असार १ गते नै उक्त मोर्चा घोषणाको तयारी भएपनि अहिलेसम्म समय निश्चित भैसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप