आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश बजेट

बागमतीको बजेट मन्त्रिपरिषदबाट स्वीकृत

शुक्रबार, ०१ असार २०८०, १५ : ०४
शुक्रबार, ०१ असार २०८०

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । शुक्रबार दिउँसो १ः३० बजे बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले बजेटलाई प्रदेशसभा बैठकमा पेश गर्न स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६० अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार विकास, शिक्षा स्वास्थ्य, कृषि र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।

आर्थिक संकटका कारण चालु आर्थिक वर्षको तुलनामा बजेटका आकार खुम्चिएको र सोही अनुसार चालु खर्चलाई कम गरी कार्यान्वयन गर्न सकिने प्रकृतिको बजेट आउने उनले बताए ।

सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोष अन्तर्गत प्रत्यक्ष तर्फका सांसदलाई ५ र समानुपातिक सांसदलाई ३ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सरकारले विगतको भन्दा फरक शैलीमा सो कोष कार्यान्वयन गर्ने तयारी गरेको छ । सांसदले बजेट तर्जुमाका क्रममा हालेका योजनाहरूबाट आवश्यकताका आधारमा छनौट गरी प्रत्यक्ष तर्फका सांसदको ५ करोड रुपैयाँ बराबरको योजना र समानुपातिक तर्फका सांसदको ३ करोड रुपैयाँ बराबरका योजना सो कोष अन्तर्गत रहेर कार्यान्वयन गर्ने गरी बजेटमा समावेश गरेको स्रोत बताउँछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप