सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं, वीरगञ्ज, लहान लगायतका स्थानबाट लागु औषध कारोबारी पक्राउ

शुक्रबार, ०१ असार २०८०, १५ : ४८
शुक्रबार, ०१ असार २०८०

काठमाडौं । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाबाट प्रहरीको लागु औषध नियन्त्रण व्युरोले लागु पदार्थका कारोबारीलाई पक्राउ गरेको छ । पछिल्लो सातामात्र व्युरोले विभिन्न स्थानबाट ठुलो परिमाणमा लागु पदार्थका साथ कारोबारीहरुलाई नियन्त्रणमा लिन सफल भएको छ ।

जेठ ३२ गते काठमाडौंको कोटेश्‍वरबाट खटिएको व्युरोको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा–८ बाट भोजपुर, टेम्केमैयुङ बस्ने वर्ष ३० का लाक्पा शेर्पा र काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–३ बस्ने वर्ष १८ की संगिता तामाङलाई अवैध लागुऔषध खैरो हेरोइन ६५ ग्राम, डिजिटल तराजु थान १ तथा नगद ३ लाख १९ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।

यस्तै, जेठ २६ गते व्यूरोको शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट वीरगञ्ज–३१ निवासी २१ वर्षीय ओहान हुसेन अन्सारीलाई नियन्त्रित लागुऔषध नाईट्रोभेट १२०० ट्याब्लेटसहित पक्राउ गरेको थियो ।

जेठ २७ गते व्यूरोको शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले कैलालीको कैलारी गाउँपालिका–७ रामपुरबाट सोही स्थानका ५४ वर्षीय सुकानु चौधरीलाई अवैध लागुऔषध खैरो हेरोइन ३८ ग्राम ४८० मिलिग्राम सहित पक्राउ गरेको थियो ।

व्यूरोको धनुषा कार्यालयबाट जेठ २७ गते खटिएको टोलीले सिरहा जिल्लाको लहान नगरपालिका–१ रमेशचोकबाट लहान–५ बस्ने वर्ष २६ का मोहमद एकपाल मियालाई नियन्त्रित लागु औषध डाईजेपाम ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र बुप्रेनोर्फिन ५०० एम्पुल गरी जम्मा १५०० एम्पुलसहित पक्राउ गरेको थियो ।

अवैध लागु औषध कारोबार गर्ने व्यक्तिहरुमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतहरुबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको व्युरोका प्रवक्ता एवं सूचना अधिकारी चक्रराज जोशीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप