आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक ट्रक मोबाइलमा भन्सार छली, राजश्वको एक्सन

शुक्रबार, ०१ असार २०८०, १६ : ५३
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । रसुवा भन्सार कार्यालयबाट नेपाल भित्रिएको एक ट्रक भिवो कम्पनीको मोबाइलले भन्सार छली गरेको पाइएको छ । भिवो म्याक्स कि प्याड मोबाइल भित्रिँदा रसुवा भन्सार कार्यालयले ५ प्रतिशत मूल्य अभिवृद्धि कर लिनुपर्नेमा २.५ प्रतिशत मात्रै लिएपछि राजश्व अनुसन्धान विभागको ध्यानाकर्षण भएको थियो । 

विभागले अनलाइनमार्फत हेर्दा मोबाइलको दरको आइडी ८५६१७१४०० मार्फत लगाउनुपर्नेमा रसुवा भन्सारले ८५१७१४०० आइडी अनुसार अन्तःशुल्क कट्टी गरेको देखिएको थियो । सामानको वर्गीकरण कोड विश्व भन्सार संगठन अनुसार कायम गरिएको हुन्छ ।  

विभागका प्रमुख नारायण प्रसाद सापकोटका अनुसार अनलाइनमार्फत हेर्दा भिवो मोबाइल ल्याउँदा कर छली गरेको देखिएपछि २.५ प्रतिशत कर थप गरेर मात्रै सामान छाड्न भन्सार विभागलाई जानकारी गराइएको हो । उनले भने,‘ समानको प्रज्ञापन पत्र अनलाइनमा हेरेर फेरिफाई गर्दा कर छली गरेको देखिएपछि थप गरेर मात्रै छाड्न भन्सारलाई भनिएको हो ।’

भन्सार कार्यालय रसुवाका प्रमुख राम प्रसाद पाठकले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने,‘ खै मलाई मोबाइलको विषयमा केही थाहा भएन ।कतैबाट केही निर्देशन आएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप