पुर्पक्षका लागि थुनामा पठाइएपछि बालकृष्ण खाणले भने– अब न्याय होला
शुक्रबार, ०१ असार २०८०, २० : ३६
१
काठमाडौँ । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्याउँदै आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसपछि खाणसहित १६ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि इजलासबाट बाहिरिने क्रममा खाणले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘यो प्रकरणमा संलग्न छैन, मैले न्याय पाउँछु,’ उनले भने, ‘काठमाडौँ जिल्ला अदालतले आज दिएको आदेश अध्ययन गर्छु । अब न्याय होला ।’