खेतमा पानी किसानको आम्दानी अभियानलाई सकार पार्न ४० करोड
शुक्रबार, ०१ असार २०८०, २० : ३२
जनकपुरधाम । मधेस प्रदेश सरकारले किसानको लागि आकर्षण अभियानका लागि ४० करोड बजेट विनियोजन गरेको छ ।
अगामी आव २०८०।०८१ मा प्रदेशमा यो अभियान सफल बजेट विनियोजन गरिएको अर्थमन्त्री संजयकुमार यादवले बजेट वक्तव्य दिँदै बताएका छन् ।
उनले सरकारले हरेक खेतमा पानी किसानको आम्दानी अभियानलाई साकार पार्न कृषि विद्युतीकरणलाई प्रदेश गौरवको परियोजनाको रूपमा विकास गर्दै कृषि विद्युतीकरणलाई विस्तार, निःशुल्क कृषि मिटर, सिँचाई प्रयोजनका लागि लाग्ने विद्युत् महसुलमा अनुदान समेतको लागि ४० करोड विनियोजन गरिएको बताए ।