सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

९ हजार घुससहित जनप्रतिनिधि पक्राउ

शुक्रबार, ०१ असार २०८०, २१ : ०४
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । ९ हजार घुससहित बाँकेबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना जनप्रतिनिधि र एक जना कार्यालय सहयोगी छन् । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक अध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीले कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । 

सो आधारमा आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले दुबै जनालाई घूस रिसवत लिइसकेको अवस्थामा शुक्रबार वडा कार्यालयबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप