आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी नेता टेकनाथ रिजाललाई आफ्नै बयान ‘घातक’

रिजालविरुद्ध ४ प्रमाण
शुक्रबार, ०१ असार २०८०, २२ : ३१
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । शरणार्थी प्रकरणमा अदालतमा आफैँ बहस गरेर न्यायाधीशलाई ‘कन्भिन्स’ गर्ने प्रयास गरेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अन्तत: थुनामा गएका छन् । रिजाललाई थुनामा राख्न न्यायाधीशले चारवटा आधारलाई तत्काल प्राप्त प्रमाण मानेका छन् ।

झापास्थित आफ्नो घरमा रङ लगाउने ठेक्का लिएका रामशरण केसीसँग रिजालले ‘अब नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने काम हुन्छ’ भनेको तथ्यलाई न्यायाधीशले उनी विरुद्धको प्रमाणको रूपमा ब्याख्या गरेका छन् । रामशरण केसीको बयान समेतलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले प्रमाण मानेर थुनामा पठाउने आदेश गरेका हुन् ।

रामशरणले बयानमा भनेका छन्– ‘टेकनाथ रिजालले ३४ जना नेपालीहरूलाई भुटानी शरणार्थीको परिचयपत्र ‘भुटान मानवअधिकार सङ्गठन’को सदस्यता पत्रमा हस्ताक्षर गरेका हुन् ।’

शरणार्थी नेता रिजालका लागी आफ्नै बयान ‘घातक’ भएको छ । रामशरण केसीको बयानलाई रिजालले स्वीकार गरेको न्यायाधीशले आदेशमा उल्लेख गरेका छन् । आदेशमा भनिएको छ– ‘केही परिचयपत्रमा सही गरेको तथ्य निजले नै स्वीकार गरेको देखिएको ।’

अनुसन्धान अधिकृत र सरकारी वकिलसँग गरेको बयानमा केसीले रिजाललाई ११ लाख नगद दिएको बयान दिएका थिए । रामशरणले गरेको सो बयान सानु भण्डारीबाट बरामद डायरीमा पनि उल्लेखित ब्यहोराले पुष्टि गरेको अदालतको ठहर छ । न्यायाधीश न्यौपानेले आदेशमा भनेका छन्– ‘रामशरण केसीको बयानलाई सानु भण्डारीबाट बरामद भएको डायरीमा उल्लेखित ब्यहोराले पुष्टि गरेको देखिँदा निजको कसुरमा संलग्नता रहेको देखियो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप