सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसेज टेस्ट शृङ्खला : इंग्ल्याण्डको सशक्त सुरुवात

शनिबार, ०२ असार २०८०, ०६ : २५
शनिबार, ०२ असार २०८०

बर्मिङहम । एसेज टेस्ट शृङ्खलाअन्तर्गतको पहिलो टेस्टमा आयोजक इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३ सय ९३ रन बनाउँदै आफ्नो पहिलो पाली समाप्तिको घोषणा गरेको छ । पहिलो दिनको खेल सकिँदा जवाफमा अस्ट्रेलियाले बिना कुनै विकेट गुमाएर १४ रन बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डका लागि पूर्वकप्तान जो रुटले शतकीय इनिङ्स खेले । उनले नटआउट रहँदै १५२ बलमा ११८ रन बनाए । त्यस्तै, जोनी ब्रेस्टोले ७८ रन तथा ओपनर ज्याक क्रलीले ६१ रनको योगदान दिए । ह्यारी ब्रुकले ३२ तथा ओली पोपले ३१ रन बनाए । अस्ट्रेलियाका लागि नेथन लियनले ४ तथा जोस हेजलवुडले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप