सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
कला

आकर्षक गुँड बनाउन खप्पिस ‘इन्जिनियर’ तोप चरा (फोटो फिचर)

शनिबार, ०२ असार २०८०, ०९ : ०८
शनिबार, ०२ असार २०८०

काठमाडौँ । तोप चरा अरू चराहरूभन्दा फरक विशेषता भएको चरा हो । भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ । कलात्मक र मेहनतले आफ्नो गुँड (घर) बनाउने हुनाले यसलाई चराहरूको इन्जिनियर भनिएको हो ।

रुखमा झुन्ड्याएर बनाएको गुँड देखाएर उसले पोथी फकाउने गर्दछ । गुँड मन पर्‍यो भने मात्रै पोथी बस्छ, नत्र बस्दैन । त्यसैले पनि भाले तोप चराले बडो मेहनतका साथ गुँड बनाउँछ ।

सुन्दर गुँड बनाउन भालेहरूबीच प्रतिस्पर्धा नै हुन्छ। त्यसपछि पोथीले आफूलाई मन परेको गुँड छानेर बस्छ। रुखको हाँगामा झुन्डिएको गुँड प्रजननका लागि प्रयोग गर्छन्। 

गर्मी छल्न पहाड उक्लिने यो चरा जाडो सुरु हुने बेला तराईतिर झर्छ।

topchara1topchara2topchara3topchara4topchara5topchara6topchara7

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप