सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अवैध हतियारसहित २ जना पक्राउ

शनिबार, ०२ असार २०८०, ०९ : ४५
शनिबार, ०२ असार २०८०

रौतहट । अवैध हतियारसहित रौतहटबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही मलंगवा ७ का ६५ वर्षीय मोहन राय र सोही ठाउँका ४५ वर्षिय उमेश राय रहेको रौतहट प्रहरी प्रवक्ता डिएसपी उमाशङ्कर यादवले बताएका छन्। 

मौलापुर बजार आइटी चौकमा शुक्रबार साँझ प्रहरी टोलीले सवारी चेकिङको क्रममा बाराबाट घर तर्फ जाँदै गरेको भारतीय नम्बर यूपी ५० एन ३२३८ को मोटरसाइकलको सिट मुनी १ थान नलकटुवा पेस्तोल र १ थान गोली बरामद भएको प्रवक्ता डिएसपी यादवले जानकारी दिए। 

अवैध हतियार र मोटरसाइकलमा सवार दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप