मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वर्षाले नेपाल र हङकङबीचको खेल रद्द, अङ्क बाँड्दै दुवै टिम प्रतियोगिताबाट बाहिरिए

शनिबार, ०२ असार २०८०, ०९ : ५९
शनिबार, ०२ असार २०८०

हङकङ । अन्तिम समयमा आएर नेपाल र हङकङबीच हुने भनिएको खेल रद्द हुन पुगेको छ ।  एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो ।

वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १–१ अङ्क बाँड्न विवश भए । साथै, समान अङ्क बाँडेका दुवै टोली एकै पटक प्रतियोगिताबाट बाहिरिएका छन् ।

आज खेल रद्द भएसँगै सो समूहबाट तेस्रो स्थानमा रहँदै नेपाल बाहिरिएको हो भने हङकङ ३ खेलमा २ अङ्कका साथ पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने वर्षाको कारण खेल रद्द भएपछि भारतसँग अङ्क बाँड्नु परेको थियो । नेपाल ३ खेलमा १ मा हार र दुई खेलमा अङ्क बाँड्दै २ अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको नेपाल क्रिकेट सङ्घले जानकारी दिएको छ । 

सो समूहका भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अङ्क बाँड्दै ३–३ अङ्कका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप