आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेजन जंगलमा ४० दिन पछि फेला परेकाले भने– ‘आमा चार दिनसम्म जिवितै हुनुुहुन्थ्यो’

शनिबार, ०२ असार २०८०, १२ : ०२
शनिबार, ०२ असार २०८०

कोलम्बिया । अमेजनको जङ्गलमा ४० दिनपछि उद्धार बालबालिकाले आफ्नो विमान दुर्घटनाको चार दिनसम्म पनि आमा जीवित रहेको जानकारी दिएका छन् । सो विमान दुर्घटना पछि घाइते भएकी आमाले प्राण त्याग्नु अघि आफना सन्तानलाई यसवाट सुरिक्षत स्थानतर्फ जान र ठुली दिदीलाई भाई बहिनीहरुलाई सहयोग गर्न निर्देशन दिएको थिइन् । 
बीबीसीका अनुसार म्याग्डालेना मुकुटुईले आफ्ना छोराछोरीहरूलाई मद्दत खोज्न भनेकी थिइन, किनभने उनको प्राण गइरहेको थियो ।

बालबालिकाका बुबा म्यानुएल रानोकले भने, ‘जेठी छोरीले आमाले उनीहरूलाई दुर्घटनास्थलवाट बाहिर निस्कन र आफूलाई बचाउन आग्रह गरेकी रहेछिन् ।’  अघिल्लो हप्ता १३, नौ, पाँच र एक वर्षका दाजुभाइको विमान दुर्घटना भएको ४० दिनमा फेला पारे पछि गत शुक्रबार उद्धार गरी हेलिकप्टरबाट जंगलबाट बाहिर निकालिएको थियो । 
उनीहरुलाई देशको राजधानी बोगोटाको सैनिक अस्पतालमा लगिएको छ । अमेजनको अनाकन्टार जंगलमा बिताएका ४० दिन बिताएका उनीहरुको उपचार पछि अहिले सामान्य अवस्थामा फर्किन थालेका छन् । 

‘एउटा कुरा १३ वर्षीया लेस्लीले मलाई भनिन्, उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफनो सन्तानको हेरचाह गर्नुका साथै आफूलाई अस्पताल लैजान आफना छोराछोरीसँग भनेकी रहिछिन्,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनाकण्टर जंगलमा रहेका बालबच्चाहरुले आफनो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ ।’

उनले आफनो प्राण त्याग्नु अघि आफना सन्तानलाई भनेकी रहिछिन्, ‘तिमीहरू यहाँबाट निस्क, घरमा तिमिहरुलाई बुबाले कुरिरहनुभएको छ, तिमीहरुको अवस्था कस्तो छ भनेर बुवाले उत्सुक भएर कुरिरहनु भएको छ, मैले गरेको माया अब यहाँसम्म मात्रै हो भनेर प्राण त्यागि छिन्,’ उनले भावुक हुँदै भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप