आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसका दुई चार जनाबाहेक अरु एमाले हुन सक्छन् : अध्यक्ष ओली

शनिबार, ०२ असार २०८०, १४ : १९
शनिबार, ०२ असार २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीका कांग्रेसका दुई चार जना नेता बाहेक अरु एमाले हुन सक्ने टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेलाई राम्रो बनाउने हो भने कांग्रेसमा दुई चार जना मात्र रहने टिप्पणी गरे । 

उनले भने–‘अत्यन्त सक्रियताका साथ, अत्यन्तै निष्ठा र सक्रियताका साथ केदारजी कांग्रेसमा काम गर्नुभएको व्यक्ति हो । उहाँजस्ता अध्यध्ययनशील मान्छे नेपाली कांग्रेस छोडेर एमालेमा प्रवेश गर्नुभएको छ  भने अरु दुई चार जनाबाहेक अरु एमाले हुन सक्छन्, त्यसका लागि एमालेले प्रयास गर्नुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप