आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

गठबन्धनलाई ओलीको प्रश्न : ‘लिभिङ टुगेदर’ त चलिरहेकै छ, के को समाजवादी मोर्चा ?

शनिबार, ०२ असार २०८०, १५ : १४
शनिबार, ०२ असार २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी, नेकपा एस, जनता समाजवादी पार्टी आवद्ध रहने भनिएको समाजवादी मोर्चाप्रति कटाक्ष गरेका छन् । शनिवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमका बोल्दै ओलीले एमालेसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा बनाउन लागेको हो भन्दै प्रश्न गरे ।  

अध्यक्ष ओलीले भने– ‘यो गठबन्धन सठबन्धन हुँदै गर्छ । यो गठबन्धन मात्रै नपुगेर अर्को के मोर्चा पनि बनाउने रे । समाजवादी मोर्चा पनि बनाउने रे ? समाजवादी मोर्चा किन बनाउने भनेको एमालेसँग मुकावाला गर्नका लागि ? समाजवादी मोर्चाको २ वटा उद्देश्य छन्, एउटा एमालेसँग मुकाविला गर्ने र अर्को कांग्रेसलाई तर्साउने–समाजवादी मोर्चा बनाउछु भनेर । समाजवादी मोर्चा बनाएरचाँही हुन्छ के ? तिनै चिनेका मान्छे हुन सँगै हिँडिरहेका छन् । मोर्चा भनेपनि नभनेपनि लिभिङ टुगेदर त चलिरहेकै छ । अनि के मोर्चा के नमोर्चा ?’ 

उनले त्यस्ता मोर्चाहरुको खास आश गर्ने कुनै आधार नभएको बताए । उनले देशप्रति समर्पित राष्ट्रिय शक्ति बनाउनका लागि एमाले लागिपरेको उल्लेख गरे  । जनताप्रति, सुशासनप्रति, विकासप्रति र नेपाल जनताले चौतर्फी विकास गरेर देशका नागिरिकले सुरक्षा पनि पाउन, न्याय, सम्मान पनि पाउन  र सुखी जीवनयापन गर्न पाउने राष्ट्रिय शक्ति स्थापना गर्न खोजको उल्लेख गरे । चारतिर फर्केका गलत गलत त्यस्ता तत्वहरु एकठाउँमा बसेर राष्ट्रिय शक्ति बन्न नसक्ने उनको जिकिर थियो ।  त्यस्तो गठबन्धन एमालेलाई सरकार बाहिर राख्न एकछिनका लागि मात्रै हुन सक्ने ओलीको भनाई छ । 

उनले एमालेले अब मिसन ८४ सुरु गर्ने बेला आएको उल्लेख गर्दै कसैले पराजित गर्न नसक्ने राष्ट्रिय शक्ति निर्माण गर्ने दावी गरेर एमाले अघि बढ्ने उल्लेख गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप