आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिनेत्री अमिषा पटेलद्वारा अदालतमा आत्मसमर्पण

शनिबार, ०२ असार २०८०, १५ : २९
शनिबार, ०२ असार २०८०

राँची । अभिनेत्री अमिषा पटेलले राँची सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन् । उनीमाथि चेक बाउन्स, ठगी र धम्कीको मुद्दा चलिरहेको छ । 

जानकारीका अनुसार यसअघि उनी नआउने भनिएपनि राँची आएपछि उनले सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन् । उनले राँची सिभिल अदालतको सिभिल न्यायाधीश वरिष्ठ डिभिजन डिएन शुक्लाको अदालतमा आत्मसमर्पण गरेकी हुन्। उनलाई अदालतले १०/१० हजारको दुई वटा धरौटीमा रिहा गरेको छ ।

अप्रिल महिनामा भएको सुनुवाइका क्रममा उनलाई अदालतमा उपस्थित हुन भनिएको थियो तर उनी हाजिर भएनन् । त्यसपछि राँची सिभिल कोर्टबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

झारखण्ड रांचीका फिल्म निर्माता अजय कुमार सिंहले अमिषा पटेलविरुद्ध सन् २०१८ मा मुद्दा दायर गरेका थिए । उनले अमिषा पटेल र उनका व्यवसायिक साझेदार कुणालले उनलाई ठगी गरेको बताएका थिए । सिंहले अमिषा पटेल विरुद्ध चेक बाउन्स, ठगी र धम्की दिएको आरोप लगाएका छन् ।

राँचीका सिंहले १७ नोभेम्बर २०१८ मा राँची सीजेएम अदालतमा यो मुद्दा दायर गरेका थिए। जसमा अमिषा पटेलले म्युजिक मेकिङको नाममा उनीसँग २.५ करोड रुपैयाँ लिएको तर पैसा लिएर पनि उनले संगीत निर्माणमा कुनै कदम नचालेको भनिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप