सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाँच जना मृत अवस्थामा फेला

शनिबार, ०२ असार २०८०, १७ : ०२
शनिबार, ०२ असार २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । बाँकेको नरैनापुर गाउँपालिका-१ सुईया बस्ने ५२ वर्षीय नन्कु बेहना सोही गाउँपालिका-२ स्थित शान्ति सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको हो ।

यसैगरी बाँकेकै नेपालगंज उपमहानगरपालिका-१० आदर्श नगर बस्ने ५० वर्षीय प्रेम बहादुर डाँगी आफनै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उता नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-२ चिसापानी बल्क नम्बर ६ स्थित प्रतिक्षालयमा पाल्पा पूर्वखोला गाउँपालिका-६ घर भएका ५५ वर्षीय टोप बहादुर परियार शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस्तै भोजपुरको भोजपुर नगरपालिका-३ दुम्छा बस्ने ४५ वर्षीया देव कुमारी सुनाम आफ्नै घर नजिक बाटोमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । उता रूपन्देहीको सैनामैना नगरपालिका-३ पुरानो हाट बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप