आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दैलेखमा ट्याक्टर दुर्घटना, ५ जना घाइते

शनिबार, ०२ असार २०८०, १९ : ४६
शनिबार, ०२ असार २०८०

दैलेख । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ खर्चे चौरमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेमा ठाटीकाँध गाउँपालिका– १ नुवावनका १७ वर्षीय महेन्द्र शाही, २० वर्षीय कृष्ण जोशी, तपेन्द्र थापा, ३२ वर्षीय नगेन्द्र शाही र सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ११ का ११ वर्षीय शङ्कर मगर रहेका छन् । 

घाइते हुनेहरूमा मगर बाहेक चार जना एउटै गाउँका हुन् । शनिवार स्थानीय देवलगत आधारभूत विद्यालय नुवावन भवनको प्लास्टर निर्माणको लागि बालुवा लिई आउँदै गरेको लु ४ त ८३७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडबाट कबिर २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि दुल्लु अस्पताल हुँदै प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप