आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सदन

प्रतिनिधिसभा बैठक : आज यी तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

आइतबार, ०३ असार २०८०, ०६ : ३१
आइतबार, ०३ असार २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा  बिहान ११ बजे बैठक सुरु हुनेछ । 

आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सम्भावित कार्यसूची अनुसार आजको बैठकमा लीलानाथ श्रेष्ठ र प्रेम सुवालले सङ्घीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालय शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । 

356657

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप