आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिडिओ सवार गाडी दुर्घटनामा

आइतबार, ०३ असार २०८०, १० : १७
आइतबार, ०३ असार २०८०

कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटनामा परेको छ ।  आइतबार बिहान धनगढीबाट नेपालगन्ज जाने क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबइमा दुर्घटनामा परेको हो । 

प्रजिअ कट्टेल सवार सरकारी गाडी मिनी ट्रकमा ठोक्किएको हो । दुर्घटनामा आफू सवार गाडीको अगाडिको भागमा क्षति भए पनि आफू सकुशल रहेको प्रजिअ कट्टेलले जानकारी दिए । 

प्रजिअ कट्टेल अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्जतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । आफ्नो अवस्था सकुशल रहे पनि ठुलो दुर्घटनाबाट जोगिएको कट्टेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप