सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘तिमी बिना जीवन’ मा सीमान्त र स्वरूपको रोमान्स

आइतबार, ०३ असार २०८०, १३ : ०७
आइतबार, ०३ असार २०८०

काठमाडौँ । सीमान्त सन्तोष र सब्बु केसीको स्वर रहेको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक भएको छ । ध्रुव विश्कोको शब्द/सङ्गीत रहेको गीतमा योगशकाजीको सङ्गीत संयोजन रहेको छ । 

सुदिप बरालको निर्देशन रहेको भिडियोमा सीमान्त र स्वरूप सुवाललाई फिचरिङ गरिएको छ । सुदिपकै छायाङ्कन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर एवम् सम्पादन छ । मुस्ताङका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

‘उचाई’ एल्बमबाट साङ्गीतिक यात्रा सुरु गरेका सीमान्तका ‘मेरो दिल दुखायौ के पायौँ’, ‘तिमी पुजाकी थाली हौ’, ‘हेरिदेउन् छड्के छड्के’, ‘दुर्गाले मुर्गा बनाई’ जस्ता गीत बाहिर आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप