सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालबाट ट्रकोमा रोग उन्मुलनको घोषणा

बुधबार, ३० फागुन २०७४, १६ : ००
बुधबार, ३० फागुन २०७४

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नेपाल ट्रकोमा रोग उन्मुलन भएको घोषणा गरेको छ । आज स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको “ट्रकोमा उन्मुलन” कार्यक्रममा नेपालको कुनै पनि जिल्लामा ट्रकोमा रोगको बिरामी नभएको  जनाउदै उन्मुलनको घोषणा गरिएको हो ।

उन्मुलन कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर श्रीकृष्ण श्रेष्ठले नेपालले आँखा स्वास्थ्यको क्षेत्रमा ठूलो फड्को मारेको बताए । आखाँ स्वास्थ्य सेवालको लागि विभिन्न देशको नागरिकले नेपाल आउने गरेको उनले बताए ।

विश्व स्वास्थ्य संगठन डब्लू एच ओ ले सन् २०२० सम्ममा विश्वबाट ट्रकोमा रोग उन्मुलन गर्ने लक्ष्य लिएको छ । सोही योजना अनुसार राष्ट्रिय ट्रकोमा कार्यक्रमले नेपालको सबै जिल्लाहरुमा ट्रकोमा रोगको प्रकोप सम्बन्धी सर्वेक्षण कार्यक्रम सम्पन्न गरेको थियो । यस मध्ये २० जिल्ला प्रभावित देखाइएको थियो । 

नेत्र ज्योती संघको अनुसार प्रभावित जिल्लाहरुमा नेपालमा सन् २००२ देखि विश्व स्वास्थ्य संगठनको नियम अनुसारनै कार्यक्रम संचालन गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनको नियम अनुसार नेपालमा ट्रकोमा रोग जनस्वास्थ्य समस्याको रुपमा नभएको प्रमाणीकरण गराउनको लागि मन्त्रालयलाई आवश्यक जानकारी दिईएको नेत्र ज्योती संघले जारीगरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ  । विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेको मापदण्डअनुसारनै नेपालमा ट्रकोमा रोग उन्मुलन गर्न सफल भएको विज्ञप्तीमा जनाईएको छ । 

ट्रकोमा विश्वका ४१ देशहरुमा एक प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । विश्वमा १९ लाख मानिस दृष्टिविहीन वा दृष्टिदोषबाट पीडित हुनुको मुख्य कारण ट्रकोमालाईनै मानिँदै आइरहेको छ ।

यस्तै नेपालको हकमा भने नेपालमा सन् १९८१ मा गरिएको सर्वेक्षणबाट कुलजनसंख्याको ६ प्रतिशत मानिसमा ट्रकोमा रोग रहेको पाईएको थियो । यस्तै २.४ प्रतिशत ट्रकोमाको कारण दृष्टिबिहीन बन्न पुगेका जनाईएको छ । नेपालमा मोतियाबिन्दु पछि ट्रकोमा अन्धोपनको दोस्रो प्रमुख कारण रहेको तथ्य सर्वेक्षणले देखाएको छ विज्ञप्तीमा रहेको छ । 

नेपाललाई ट्रकोमा रोज उन्मुलन गर्नको लागि स्वास्थ्य मन्त्रालय, नेत्रज्योती संघ, यूएसएआईडी, डब्लूएचओ लगायत विभिन्न संघसंस्थाहरुको महत्वपूर्ण भूमिका रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप