आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेपाल जिम्बाबेसँग पराजित

आइतबार, ०३ असार २०८०, १९ : ५५
आइतबार, ०३ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता नेपाल जिम्बाबेसँग पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको हो ।

२९१ रनको लक्ष्य जिम्बाबेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको थियो ।

नेपालका लागि  कुशल भुर्तेल ९९ रन र  आसिफ शेख ६६ रन बनाएका थिए । यस्तै कुशल मल्ल ४१ र रोहितकुमार पौडेल ३१ रनमा आउट भए ।

गुल्सन झा १३ रन, आसिफ शेख १०, दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । यस्तै भीम सार्कीले खाता नै खोल्न सकेनन् । करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नटआउट भए ।

अब समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप