सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसेज टेस्ट : इंग्ल्याण्डलाई झिनो अग्रता

सोमबार, ०४ असार २०८०, ०६ : ४१
सोमबार, ०४ असार २०८०

बर्मिङहम । एसेज टेस्ट शृङ्खला अन्तरगतको पहिलो टेस्टमा इंग्ल्याण्डले तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाविरुद्ध झिनो अग्रता बनाएको छ । दोस्रो पालीमा २ विकेटको क्षतिमा २८ रन बनाउँदै इंग्ल्याण्डले ३५ रनको अग्रता बनाएको हो ।

इंग्ल्याण्डले १९ रन बनाएका बेन डकेट र ७ रन बनाएका ज्याक क्रलीलाई गुमाइसकेको छ । अस्ट्रेलियाका लागि प्याट कमिन्स र स्कट बोल्याण्डले १–१ विकेट लिएका छन् । ओली पोन र जो रुट ब्याटिङ गरिरहेका छन् ।

 यसअघि अस्ट्रेलिया आफ्नो पहिलो पालीमा ३८६ रनमा समेटिएको थियो । टोलीका लागि उस्मान ख्वाजाले सर्वाधिक १४१ रन बनाए भने एलेक्स केरीले ६६ तथा ट्राभिस हेडले ५० रनको योगदान दिए । इंग्ल्याण्डका लागि स्टुअर्ट बोर्ड र ओली रोबिन्सनले ३–३ विकेट लिए । इंग्ल्याण्डले पहिलो पालमा ८ विकेटको क्षतिमा ३९३ रन बनाउँदै पाली समाप्तिको घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप