आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेसन्स लिग : नेदरल्याण्डलाई हराउँदै इटली तेस्रो

सोमबार, ०४ असार २०८०, ०८ : ०४
सोमबार, ०४ असार २०८०

नेदरल्याण्ड । इटालीले युईएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ । घरेलु टोली नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै  इटाली नेसन्स लिगमा तेस्रो भएको हो । 

आइतबार राति भएको खेलको पहिलो हाफमा नै इटालीले अग्रता दोब्बर पारेको थियो । खेलको छैटौं मिनेटमा फेडरिको डिमार्कोले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाए । २०औँ मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै पहिलो हाफमा नै इटालीको अग्रता दोब्बर पारे । 

दोस्रो हाफको ६८औँ मिनेटमा स्टेभन वर्गवाइनले गोल गर्दै खेललाई २–१ को स्थितिमा फर्काए तर ७२औँ मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि इटालीले ३–१ को सहज अग्रता लियो । 

८२औँ मिनेटमा ओउट वेगह्रष्टले गरेको गोलले भिएआरबाट मान्यता नपाए पछि निराश नेदरल्यान्ड्सले  खेल सकिनु अघि मात्र ८९औँ मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरे पछि खेल ३–२ को स्थितिमा फर्कियो । तर, थप गोल निस्कन नसक्दा इटाली विजयी हुँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप