आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

बसुन्धराको पार्टी कार्यालय बालाजु सार्ने रास्वपाको तयारी

सोमबार, ०४ असार २०८०, ११ : ३५
सोमबार, ०४ असार २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ पार्टी कार्यालयमा सर्ने भएको छ । पार्टी स्थापनाको अवसरमा असार ७ गतेभित्र रास्वपा नयाँ पार्टी कार्यालयमा सर्ने भएको हो ।  रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार इन्दुबदना अधिकारी (देवकोटा) घरमा रास्वपा नयाँ पार्टी कार्यालय सर्न लागेको छ। बालाजुमा नयाँ पार्टी कार्यालयमा सर्ने तयारी भइरहेको बुर्लाकोटीले रातोपाटीलाई बताए ।

अहिलेको पार्टी कार्यालयबाट उक्त स्थन करिब ३ किलोमिटिर दुरीमा रहेको उनले बताए । उनले भने, ‘शनिबार मात्र पार्टी कार्यालय सार्ने निर्णय भयो । हामीले एउटा आह्वान गरिरहेका थियौं । घर निःशुल्क दिने वा सहुलियतमा दिने भनेर ।’ बुर्लाकोटीका अनुसार इन्दुबन्दनाले साढे ६ लाखको घर साढे तीन लाखमा रास्वपालाई भाडामा दिने भएकी हुन् । ‘घर हेर्दा सबै ठीक ठाक छ । त्यहाँ सर्ने निर्णय गरियो । चियापान पनि नयाँ पार्टी कार्यालयमा नै गर्ने निर्णय भएको छ,’ उनले भने, ‘हाम्रो सर्ने विधि आसर ६ गतेबाट सुरु हुन्छ । असार ७ गते हामी अफिसेल्ली त्यहाँ सरेको जानकारी गराउँछौं ।’ 

पार्टी स्थापना दिवसका अवसरमा असार ७ गते नयाँ पार्टी कार्यालयमै चियापान कार्यक्रम आयोजना गरिएको उनले बताए । बुर्लाकोटीका अनुसार ६ तले भवनको ४ तला रास्वपाले प्रोग गर्ने छ भने २ तल घरभेटीले नै प्रयोग गर्ने गरी सहमति भएको छ । ‘६ तले भवन हो । हामीले ४ तला प्रयोग गर्छौँ । २ तला उहाँले प्रयोग गर्नुहुन्छ । उहाँले प्रयोग गर्ने तलाको गेट समेत पनि फरक छ,’ उनले भने ।

बसुन्धारस्थित पार्टी कार्यालय सानो भएपछि रास्वपा बालाजुको नयाँ पार्टी कार्यालय सर्न लागेको बुर्लाकोटीले बताए । ‘यहाँ हाम्रो पदाधिकारीकै लागि कोठा छैन । सभापति, उपाध्यक्ष, महामन्त्री र सहमहामन्त्रीको कोठा भए पनि कोषाध्यक्षाको कोठा छैन । कोठा नहुँदा मिलाएर बसिरहेका छौं ,’ उनले भने ।  पुरानो कार्यालय भने अब छोड्ने रास्वपाको तयारी छ । बुर्लाकोटीका अनुसार पुरानो कार्यालयको भाडा १ लाख ७५ हजार थियो । ‘स्पेस सानो भयो । बैठक हल छाडेर हामीलाई करिब ४० वटा कोठा चाहिने भयो । बसुन्धारको कार्यालयमा हामीसँग १०–१२ वटा कोठा मात्र भयो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप