सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उदय र मनिलाको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक

सोमबार, ०४ असार २०८०, १६ : ०८
सोमबार, ०४ असार २०८०

काठमाडौँ । पछिल्लो समय नेपाली गीतसंगीतको एल्बम निकाल्ने प्रचलन हराउँदै गएको छ । संगीतकार सुनील मास्केले आफ्नो बाह्रौँ सोलो एल्बम ल्याएका छन् । 

‘अनुभव’ नामकरण गरिएको एल्बम राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो । जसमा उदय सोताङ्ग र मनिला सोताङ्ग स्वर छ । 

एल्बममा ५ वटा गीत समावेश छ । ‘कति कुरा मिठा बातमा’ हुन्छ बोलको पहिलो गीतमा अर्जुन रत्न भिखारीको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन छ ।

‘हात समाई मिठा बात गरेको’ बोलको गीतमा नुतन भुषालको शब्द र संजीव बराइलीको संगीत संयोजन छ । ‘तिम्रो माया जीवनको खेल होकी’ बोलको गीतमा योगेन्द्रमणि दाहालको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन छ । ‘कता गयो त्यो बैंश’ बोलको गीतमा तुलसी बस्नेतको शब्द र रिदम कंडेलको संगीत संयोजन भने  ‘तिमि सँगै जिन्दगानी बिताउन पाउँ’ बोलको गीतमा सुनिता बस्नेत थापाको शब्द र सचिन सिंहको संगीत संयोजन छ । 

कार्यक्रममा एल्बममा समावेश दुई गीतको कभर भर्सन भिडियो समेत सार्वजनिक गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप