मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विद्युत् प्राधिकरण नेपाली जनताप्रति जबाफदेही छैन : अध्यक्ष साह

आफूलाई नाफामा देखाएर दुनियाँलाई झुक्याउने ?
सोमबार, ०४ असार २०८०, १६ : २२
सोमबार, ०४ असार २०८०

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष शाहले ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्याएको भए पनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको बताएका हुन् । 

साहले भने,‘विद्युत् प्राधिकरण नेपाल सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्तिकेन्द्रप्रति जबाफदेही छ ? रेड बुकले के भन्छ भने विद्युत् प्राधिकरण जनताप्रति जबाफदेही छैन । सभामुखज्यूले त्यसलाई त फर्काइदिनुपर्ने हो । किनकि ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन । वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झन्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने ? यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ? के छ भित्री कुरा किताब लेख्नै नहुने ? शीर्षक अनुसार गतिविधि सांसदहरूले जान्नै नहुने हो ? कुन ठाउँमा विद्युत् प्रसारण बढाउँदै हुनुहुन्छ ? कहाँ सबस्टेशन बढाउँदै हुनुहुन्छ ? के रेडबुकमा आउनै नहुने हो त्यो क्रियाकलापहरू । यसरी अपारदर्शिता भनेकै भ्रष्टाचार होइन ? बक्यौता रकमहरू किन उठाउन पहल भइराखेको छैन ?’

उनले प्राधिकरणले आफूलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको आरोप पनि लगाए । प्राधिकरणले व्यापारिक घरानाहरूलाई सेवा गरेको तर गाउँघरमा विद्युत् प्रसारण गर्न नसकेको जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप